चीनलाई पराजित गरेसँगै नेपाली महिला क्रिकेट टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का
3:20 AM
Loading...
काठमाडौं, २९ असोज । महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले एशिया कप क्रिकेट खेल्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा चीनलाई हराउँदै नेपाल समूह उपबिजेता बनेको हो । अर्को खेलमा समूह बिजेता थाइल्याण्डले हङकङलाई हरायो । एशियाका चार टेष्ट टोलीसँगै नेपाल र थाइल्याण्डले सन् २०१६ को अन्तिममा थाइल्याण्डमा तय भएको एशियाकप खेल्ने भएका हुन् ।हङकङको मिसन रोड मैदानमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा र्गयो । नेपालको लागि नेरी थापाले २२ र सीता रानामगरले २० रन बनाइन् । कप्तान रुविना क्षेत्री १० रनमा अविजित रहिन् ।
नेपाल भने ६ मध्ये तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित समूह उपबिजेता बनेको हो । नेपालले चीनलाई दुवै खेलमा हराएको थियो भने हङकङबिरुद्ध १ जित निकालेको थियो । हङकङ र चीन भने विश्वकप र एशियाकप दुवैबाट बाहिरिएका छन् ।
0 comments