काठमाडौं एयरपोर्टबाट अवैध सुनसहित दुई जना पक्राउ

4:09 AM

Loading...
काठमाडौं, १७ असोज । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बिमानस्थलस्थित पार्किङ्ग एरियामा बिदेशबाट आएको यात्रुसंग सुन जस्तो देखिने पहेंलो कलरको ४ वटा बेरुवा औंठी कलेक्सन गर्दै गरेका झापा लखनपुर–२ घर भएका २४ बर्षीय गिरीजाबहादुर आङदाङबेलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । यसैगरी त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्थित एयर अरेवियाको उडानद्वारा दुवईबाट काठमाडौं आगमन भएका ईलाम लक्ष्मीकला–७ घर भएका २९ बर्षीय मान राईलाई प्रहरीले हातमा लगाएको सुन जस्तो देखिने २ वटा बाला सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

You Might Also Like

0 comments