टीकाको दिन पोखराको विरौटामा आगलागी, पाँच लाखको क्षति
8:22 AM
Loading...
नवराज ढुङ्गाना पोखरा, २५ असोज- पोखराको विरौटास्थित सरस्वती इलेक्ट्रोनिक्स पसलमा आज दिउँसो आगलागी भएको छ । भारतीय नागरिक मनोरञ्जन शर्माले सञ्चालन गर्दै आएको पसलमा दिउँसो करिब ४ बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आगलागी हुँदा पसलमा रहेका दुई वटा जेनेरेटर लगायतका विद्युतीय सामान जलेर नष्ट भएका छन् । आगलागी भएको पसलको माथिल्लो तलामा राष्ट्रिय वाणिज्य बैंक समेत रहेको छ । तर समयमै आगो नियन्त्रणमा आएका कारण अन्य थप क्षति भने हुन नपाएको प्रहरीले बताएको छ । आगलागी भएको थाहा पाउनासाथ पोखरा उप–महानगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दा मिलेर करिब आधाघण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करिब ५ लाखको क्षति भएको पसल सञ्चालक शर्माले जानकारी दिए ।
0 comments