खाना पचाउन पुदिनाको अचार

11:07 PM

Loading...


काठमाडौं , असोज १७- दसैँमा खानाका परिकार धेरै पाक्ने हुनाले सेवन पनि धेरै नै गरिन्छ । जसका कारण खाना अपचको समस्या पनि हुन सक्छ । खाना अपच हुने समस्याबाट जोगिन पुदिनाको अचार सेवन गर्नु धेरै नै राम्रो हुन्छ ।पुदिनालाई अचारको रूपमा भान्सामा प्रयोग गर्ने मात्र होइन, औषधिको रूपमा पनि प्रयोग हुन्छ । यसलाई जसरी प्रयोग गरे पनि खाना पचाउन या रुचाउन मद्दत गर्छ । तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा यो जडीबुटी पाइन्छ ।

आयुर्वेदमा यसलाई तुलसी वर्गमा राखिन्छ । यसको वैज्ञानिक नाम मोनछा स्पाइसिटा हो भने बोटचाहिँ छुपा जातिमा गनिन्छ । यसलाई एकपटक रोपिसकेपछि धेरै वर्षसम्म पटक–पटक पात टिपेर प्रयोग गर्न सकिन्छ । यसको पात नै धेरै प्रयोग गर्ने गरिन्छ ।
रासायनिक संगठन
पुदिनामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेड, फोस्फोरस, क्याल्सियम, आइरन, केही मात्रामा निकोटिन र अम्ल हुन्छ । यसको सबैभन्दा धेरै मन पराइने सुगन्धित तेल पातमा बढी हुन्छ ।
स्वाद : हल्का पिरोपिरो, टर्रो
यसलाई आयुर्वेदले उष्ण विधिमा पाइने जडीबुटीमा लिन्छ । त्यसैले कफबाट हुने एलर्जीलाई हटाउन यसको प्रयोग गरिन्छ । त्यसैगरी, यसमा परप-याउने गुण भएकाले दुखाइ कम गर्ने पनि उपयोगी मानिन्छ । मुख तथा शरीरमा दुर्गन्ध आएको छ भने यसको कोरस (झोल बनाएर) छर्कंदा त्यो गन्ध हटेर जान्छ । साथै, यसले अन्नबालीमा एन्टिसेप्mटीको पनि काम गर्छ । जसलाई अन्नबाली राखेको ठाउँमा छर्कंदा घुन, पुत्ला लाग्दैन ।
प्रमुख काम
यसले रोचन पाचन (खाना रुचिकर बनाउने)को काम गर्दछ भने दीपन पाचन (पाचन गर्नका लागि चाहिने ताप) उत्पन्न गराई पचाउन पनि सहज बनाइदिन्छ । कसैकसैलाई खाना खानासाथ वाकवाकी लाग्ने सामस्या छ भने यो सेवन गर्दा त्यस्तो समस्या हटेर जान्छ ।

प्रयोग
आयुर्वेदिक उत्पादनमा पुदिनाको पातमा रहेको तेल प्रयोग गरी स्वादिस्ट बनाइएको हुन्छ ।
यसको रसलाई निचोरेर सीधै प्रयोग गर्न सकिन्छ ।
पुदिनालाई पकाएर वा नपकाई निचोरेर रस प्रयोग गर्न सकिन्छ । यस्तो रस पेट दुखाइको समस्या हुँदा सेवन गर्नु राम्रो हुन्छ । यो अचार र औषधि दुवै रूपमा प्रयोग गरिने हुँदा यति नै खाने भन्ने हुँदैन । आवश्यकता र उपलब्धताअनुसार प्रयोग गर्न सकिन्छ । (नयाँ पत्रिकाबाट)

You Might Also Like

0 comments