एमालेको चियापानमा मोर्चाका नेता महन्त ठाकुर !

2:27 AM

Loading...




काठमाडौं, २९ असोज । नेकपा एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका चाडपर्वका अवसरमा शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराही शङ्खपार्कमा भएको चियापान कार्यक्रममा मधेसी दलको तर्फबाट तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर गएका छन् । संविधान संशोधनसहित संघीयताको विषयमा एमाले र मधेसवादी दलबिच मतभिन्नता छ । यसले गर्दा मधेसी दल र एमालेको सम्बन्ध त्यती राम्रो नभएका बेला एमालेको चियापानमा तमलोपा अध्यक्ष ठाकुर जानुलाई अर्थपूर्ण रुपले हेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेका मधेसी दलले तिहार भित्रमा संविधान संशोधन गर्न नभए सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका छन् । संविधान संशोधनका लागि एमाले बाधक बनेको सत्तारुढ दलले बताउँदै आएका छन् । तर चियापानमा तमलोपा अध्यक्ष ठाकुर जानुले सकारात्क संकेत भने मिलेको छ ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ । कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारीलाई चियापानमा निम्तो गरिएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसैगरी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई समेत आमन्त्रण गरिएको छ ।




You Might Also Like

0 comments