बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी

11:18 PM

Loading...
ताजा खबर ,बर्दिया १७ असोज । बर्दिया कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीका कारण कैदीबन्दीलाई दैनिकी कार्यमा समस्या भएको छ । सदरमुकाम गुलरियामा रहको कारागारमा एक सय जना कैदीबन्दीको क्षमता भए पनि हाल २ सय ५२ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई शौचालयको समयमा पनि लाइन लाग्नु परेको छ । कारागारको भवन पुरानो भएको, क्षमता भन्दा बढी कैदीबन्दीका कारण उनीहरुलाई दैनिक नियमित कार्य गर्न कठिनाई भएको पाइएको छ । कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई कुनै सीपमूलक तालिमहरु प्रदान नगरिएको साथै कारागारमा २ जना ३ वर्ष मुनिका बालबालिकाहरु पनि छन् ।

You Might Also Like

0 comments