बरक ओबामाले ट्रम्पको भनाई अपमानजनक र महिलाको प्रतिष्ठामा आँच पुर्याउने खालको भएको भन्दै ट्रम्पप्रतिको समर्थन फिर्ता लिन आह्वान

1:03 AM

Loading...
काठमाडौं २६ असोज | अमेरिकी राष्ट्रपति बराक ओबामाले रिपब्लिकन पार्टीका सबै वरिष्ठ नेताहरुलाई ह्वाइट हाउसका उम्मेदवारका रुपमा डोनल्ड ट्रम्पलाई गरेको समर्थन, औपचारिक रुपमा फिर्ता लिन आह्वान गरेका छन्।
डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मेदवार रहेकी हिलरी क्लिन्टनको समर्थनमा गरिएको र्यालीका क्रममा ओबामाले त्यस्तो धारणा राखेका हुन्।
नर्थ क्यारोलाईनामा भएको र्यालीका क्रममा राष्ट्रपति बराक ओबामाले ट्रम्पको महिलाबारेको विवादास्पद टिप्पणी ठीक नलाग्दा नलाग्दै पनि विश्वकै शक्तिशाली पदका लागि उनैलाई समर्थन गर्नुको तुक नहुने बताए।
आलोचना
तपाईंलाई थाहा छ, केही दिन अघि हामीले जे सुनेका थियौं, त्यो गलत हो भन्न तपाईँ पिता वा पति हुनुपर्दैन…तपाईं असल मानिस भएपुग्छ
बराक ओबामा, राष्ट्रपति, अमेरिका
उनले भने, “तपाईंलाई थाहा छ, केही दिन अघि हामीले जे सुनेका थियौं, त्यो गलत हो भन्न तपाईँ पिता वा पति हुनुपर्दैन…तपाईं असल मानिस भएपुग्छ।”
गत सप्ताहन्त ट्रम्पले महिलाबारे गरेको अश्लिल टिप्पणीसम्बन्धी भिडियो सार्वजनिक भएपछि उनकै पार्टीका एक दर्जन भन्दा बढी वरिष्ठ नेताहरुले आलोचना गर्दै उनलाई समर्थन नगर्ने बताएका थिए।
तल्लो सदनका सभामुख पल रायनले पनि अब ट्रम्पको बचाव नगर्ने प्रतिक्रिया दिएका थिए।
त्यसको जवाफमा ट्रम्पले ती नेताहरुलाई विश्वासघात गरेको आरोप लगाउँदै अब आफू अमेरिकाको लागि जे ठीक हुन्छ त्यो गर्न स्वतन्त्र भएको बताएका छन्।
टिप्पणी
श्रृंखलाबद्ध रुपमा ट्वीट गर्दै ट्रम्पले रिपब्लिकनहरुले सबैतिरबाट विरोध गरिरहेको भन्दै डेमोक्रेटिकहरुसँगभन्दा उनीहरुको विश्वासघातसंग लड्न कठिन भएको बताएका छन्।
उनले रायनमाथि खनिँदै उनी कमजोर र निष्प्रभावी नेता भएको टिप्पणी गरे। यद्यपी उपराष्ट्रपति पदका उम्मेदवार माइक पेन्सले भने ट्रम्पको बलियो रुपमा समर्थन गरेका छन्।
रोयटर्स समाचार संस्थाको अनुसार, माथिल्लो सदन र तल्लो सदनका सदस्यहरु र गभर्नरहरु गरी ३३१ जना रिपब्लिकहरुमध्ये करिब आधाले ट्रम्पको उक्त अश्लिल टिप्पणीको निन्दा गरेका छन् भने करिब १० प्रतिशतले उनी चुनावी दौडबाट नै पछि हट्नुपर्ने बताएका छन्।

You Might Also Like

0 comments