७२ मध्ये ६८ वटा सिसी क्यामरा मधेस आन्दोलनका क्रममा फुटेपछि फेरी जडान गरिने
1:47 AM
Loading...
पर्सा, १५ असोज । आन्दोलनकारीद्वारा फुटालिएका वीरगन्ज नगर क्षेत्रका सिसी क्यामरा पुनः जडान गर्न कार्य सुरु भएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घ, सेफर वीरगन्ज र वीरगन्जमा सञ्चालित वित्तीय संस्थाको आर्थिक सहयोगमा नगर क्षेत्रभित्र अत्याधुनिक सिसी क्यामरा जडान सुरु गरिएको हो ।
नगरक्षेत्रमा जडान गरिएका ७२ मध्ये ६८ वटा सिसी क्यामरा मधेस आन्दोलनका क्रममा गत वर्ष आन्दोलनकारीद्वारा फुटालेपछि निगरानी गर्न समस्या भएपछि वीरगन्ज उद्योग वाणिज्य सङ्घको विशेष पहलमा ४० वटा सिसी क्यमरा जडान गरिसकिएको छ ।
वीरगन्ज भित्र्ने तथा बाहिरने मुख्य सडकखण्ड र नगर क्षेत्रको मुख्य बजारमा रु १४ लाखको लागतमा नयाँ ४० वटा क्यामरा जडान गरिएकोे वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् सेफर वीरगन्जका अभियन्ता गणेश लाठले बताउनुभयो ।
अपराध नियन्त्रणदेखि ट्राफिक व्यवस्थापनसम्मका लागि अत्यन्त महत्वपूर्ण मानिएको सिसी क्यामरा जडान भएपछि वीरगन्जको सुरक्षा व्यवस्था बलियो भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले बताउनुभयो ।
नगरक्षेत्रमा जडान गरिएको क्यामराले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गर्नुका साथै प्रहरी प्रधान कार्यालयबाट पनि निगरानी गर्न सकिने प्रविधिको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
0 comments