यी हुन् बदामका १० फाईदा ,यसकारण मुटु रोगीले नियमीत सेवन गर्नुपर्छ बदाम
1:11 AM
Loading...
एजेन्सी । बदाम ड्राई फ्रूट अन्तर्गत पर्छ । बदाम स्वास्थ्यका लागि निकै फलदायी हुन्छ । यसले तागत दिनुका साथै दिमागको विकास पनि गराउँछ । बदाम खाने मात्र हैन, यसको तेल पनि प्रयोग गर्न मिल्छ ।
मुटु रोगीले नियमीत खाऔँ बदाम ,बदामका १० फाईदा
बदामको तेल कपालमा लगाउनाले कपाल कालो, बाक्लो र मुलायम हुन्छ । आज हामी बदामको उपयोगिताको बारेमा चर्चा गर्छौं । १. बच्चाहरुलाई दूधमा थोरै बदाम मिसाएर पिउन दिएमा यसले हड्डी दह्रो बनाउँछ । २. कपालमा पनि हामी बदाम प्रयोग गर्न सक्छौं । ३. बदाममा भिटामिन ई को मात्रा धेरै हुन्छ । त्यसैले यो आखाँ र आखाँको नसाको लागि उपयोगीे मानिन्छ । ४. बदाममा प्रोटिनको मात्रा पनि धेरै हुन्छ । भोको पेट भएको बेला १० वटा बदाम खायो भने राम्रो हुन्छ । ५.नसाको कमजोरी र समस्या भगाउन बदाम खान सकिन्छ । ६. जाडोमा पनि बदाम खाए फाइदा हुन्छ । यसले रुघा खोकी र अरु रोगबाट बचाउन मद्दत गर्छ । ७.१० देखि २० वटा बदाम हामी पोषक तत्वको कमी पूरा गर्न पनि खान सक्छौं । ८. बदामले ब्ल्याडर पथरी भएको मानिसको लागी पनि फाईदा पुराउँछ । ९. कोलेस्ट्रोलको बिरामीको लागि पनि बदाम राम्रो हुन्छ १०.मुटु रोगीको लागि पनि बदाम फलदायी हुन्छ ।
0 comments