­
­

CITIZENSHIP

10:01 PM

Loading...

लक्ष्मी गौतम
रानिगाँउ (पाँचथर) : बस्तीको पुछारमा एउटा झुपडी । झुपडीमा ७५ वर्ष पार गरेका दाजुभाई । ७७ बर्षीय दाजु हर्कबहादुर सम्बाहाम्फे सामान्य आँखा देख्छन तर कान सुन्दैनन भने ७५ बर्षीय भाई लट्टे जन्मजात आँखा देख्दैनन तर हल्का कान सुन्छन ।


संघर्षपुर्ण जीबन बिताइरहेका उनीहरु स्पष्टसँग देख्न र सुन्नसँगै आफ्ना कुरा कसैसँग राख्न नसक्ने भएकै कारण राज्यले दिने सेवा सुविधावाट पनि बञ्चित छन ।
७७ वर्ष पुगिसकेका हर्कवहादुरलाई चारवर्ष अगाडी यासोकमा घुम्ती शिविर जाँदा गाँउका जेठाबाठाले नागरिकता निकालिदिए । ७० बर्ष पुग्दादेखि नै बृद्धभत्ता पाउनु पर्ने उनले अहिलेसम्म त्यो पनि पाएका छैनन ।


यस्को मतलव गाविस सचिवले उनको भत्ता हिनामिना गरिदिएका भने होइनन । बरु नागरिकता निकाल्ने क्रममा गाँउका जेठावाठाले जन्ममिति १९९७ लेख्नु पर्नेमा २००४ साल लेखिदिएकाले कागजी रुपमा उनले ७० बर्ष पुग्न अझै १ वर्ष बाँकी छ । भाई लट्टेको भने अहिलेसम्म नागरिकता छैन । आँखा नदेख्ने उनी अपांगता भत्ता पाउन योग्य छन तर त्यो सुविधा पाएका छैनन ।


गाँउका जेठाबाठाले छुटमा दाजुको नागरिकता निकालिदिएपनि उमेर गल्ती हुँदा बृद्वभत्तावाट बञ्चित भए,भाईको अहिलेसम्म नागरिकता बनेको छैन । गाँउघर खासै चासो दिँदैनन,निर्वाचित जन प्रतिनिधि छैनन । कर्मचारीलाई निर्वाचित प्रतिनिधि नहुँदा पनि यस्तो समस्या भएको हो । केदार भन्छन । यी दाजुभाईको समस्या दिनप्रतिदिन चुलिँदैछ । उनीहरुलाई राज्यका तर्फवाट दिने सहुलियतसँगै खानेपानीका लागि पाइप मात्रै उपलव्ध गराइदिनसकेपनि केहि राहत हुन्थ्यो । कि ? केदार चिन्ता व्यक्त गर्छन ।
यी बृद्व दाजुभाईलाई नागरिकता र अपांगता परिचय पत्र वनाएर राज्यले दिने सुविधा उपलव्ध गराउनका साथै उचित रेखदेख र व्यवस्थापनका लागि पहल गर्नुपर्ने आवस्यकता पनि स्थानीयले औंल्याएका छन ।

-

You Might Also Like

0 comments