मंगल ग्रहको माटोमा पहिलो पटक फल्यो टमाटर, अरु के के तरकारी फल्दै छन् ?

9:12 AM

Loading...


एजेन्सी । पृथ्वीमा टमाटर लगायतका तरकारीको मूल्य दिनानुदिन बढीरहेका बेला बैज्ञानिकहरुले मंगल ग्रहमा टमाटर फलाएर चमत्कार देखाएका छन् । मंगल ग्रहमा बस्ती बसाल्न लागीपरीरहेको बैज्ञानिकहरुको समुहले पहिलो पटक त्यहाँको माटोमा खानयोग्य फल फलाउन सफल भएका हुन् ।

बेलायती पत्रिका ‘द टेलीग्राफ’ को एक रिर्पोटका अनुसार बैज्ञानिकहरुले मंगल ग्रहमा बाटेल रोपेर फल फलाउनु जति चुनौती थियो त्यो भन्द बढी चुनौती फल फलेपछि भयो । कारण हो उक्त पाकेको फल कतै विषालु त हुने होइन भन्ने ।



तर टमाटर , केराउ, मुला, लगायतका तरकारी मंगल ग्रहको माटोमा फलाउन मात्र बैज्ञानिकहरु सफल नभई त्यहाँ फलेका तरकारीहरु पृथ्वीमा भन्दा पनि स्वादिष्ट र स्वास्थ्यकर भएपछि सबै चकित परेका छन् ।

अध्ययनमा संलग्न बैज्ञानिक डा वीगर वेमलिंकका अनुसार टमाटर , केराउ, मुला, लगायतका तरकारीको परिणाम हामीले सोचेभन्दा पनि सकारात्मक आएपछि अझै मंगल ग्रहमा केही गर्ने हौसला जागेको छ । नासाले सन् २०३० सम्ममा मंगल ग्रहमा बस्ती नै बसाउने अभियान सहित अध्ययन अनुसन्धानलाई तिब्रता दिइरहेको छ ।

You Might Also Like

0 comments