यी हुन् संसारकै महँगा ५ आलिसान दरवार
7:22 AM
Loading...
एजेन्सी , हरेक मानिसले जीवनमा एक सपना हुने गर्दछ । सपना नदेख्ने मानिस सायद बिरलै भेटिन्छन् । हरेक मानिसले आफ्नो जीवन कालमा एउटा सुन्दर घर बनाउने सपना देख्ने गर्छ । यही सपना पुरा गर्न दिन रात मेहनत गर्छन् अनि करोडौमा एका-दुइ को मात्र सपनामा देखे जस्तो अलिशान बनाउन सफल हुन्छन । आज हामी चर्चा गर्ने छौ संसारकै महँगा आलिशान बंगलाको बारेमा
१.बेलायतको बकिमघाम रोयल प्यालेस संसारकै आलिसान रोयल प्यालेस मध्यको एक हो । बकिमघाम रोयल प्यालेस लन्डन अवस्थित छ । बेलायती महारानी एलिजावेथ २ यसै महलमा बस्ने गर्दछिन् । कुनै समयमा बिश्व शक्तिको केन्द्रमानिएको बकिमघाम रोयल प्यालेसको तामझाम अझै घटेको । बेलायतमा राजपरिवार प्रति निकै आदर र सम्मान गर्ने गरिन्छ ।
२ .एन्टील हाउस नाम दिएको मुकेश अम्बानीको घर महंगो घरको सुचिमा दोस्रो स्थानमा रहेको छ । ४०.००० स्क्वायर फुटमा बनेको उक्त भवन २७ तलाको रहेको छ । यस भवनको सात तला सम्म १६८ गाडीको पार्किङका लागि छुट्याइएको छ । यस बंगलाको मुल्य एक बिलियन डलर रहेको छ । एन्टील हाउसमा एक स्विमिंग पूल, बलरूम, ३ हेलिप्याड ,मन्दिर बगैचा , दुइ तलामा हेल्थ सेन्टर र ५० सिट भएको होम थिएटर रहेको छ ।
३ अपर फिलिमोर गार्डन्स दक्षिण लन्डनको केन्सिंगटनमा रहेको छ । यस बंगलाको मालिक युक्रेनका उद्योगपति एलिना फ्रैन्चुक हुन् । यस बंगलाको मुल्य ९८० मिलियन डलर रहेको छ । पाँच तलको यस घरमा सौना, जिम, थिएटर पनि रहेको छ । यस घरको लम्बाई चौडाई र उचाइका कारण सधै उज्यालो रहन्छ ।
४.द पिनैकल अमेरिकाको मोटानामा रहेको छ ।५६,००० स्क्वायर फुटमा फैलिएको पिनैकलको मुल्य ९ ४४ मिलियन डलर रहेको छ । १२३ कोठाको यस बंगलाका मालिक एड्रा र टाइम ब्लिक्सेथ हुन् । हिमाली क्षेत्रमा रहेको यस बंगला भित्र बस्ने मानिसलाई चिसो नहोस भनेर बिषेस प्रकारको सामग्री मिसिएको छ ।
५. अमेरिकाको फ़्लोरिडा राज्यमा रहेको मैसन डे अमाइटी एक रुसी अरबपतिको रहेको छ । यस बंगलाको मुल्य ९१३ मिलियन डलर रेको छ । ६०,००० स्क्वायर फुटमा बनेको उक्त भवनलाई फ्रेंडशिप हाउस पनि भनिन्छ ।

![]() |
0 comments