माटेराजीले बल्ल भने,‘जिदानले मलाई त्यसै हानेका होइन’
3:08 AM
Loading...
मार्को माटेराजीले सन् २००६ मा भएको विश्वकप फाइनलको घटनाबारे बल्ल मुख खोलेका छन् । फाइनल खेलमा माटेराजीको छातीमा फ्रान्सका स्टाइकर जिनेदान जिदानले टाउको हानेका थिए ।
इटालीले फाइनल खेल ५–३ गोलले जितेको थियो भने जिदान टाउकोले हानेपछि रातो कार्ड खाँदै बाहिरिएका थिए ।
रियल मड्रिडको प्रशिक्षक रहेका जिदानले किन टाउकोले छातीमा हाने विषय अझै पनि उत्तिकै चर्चामा रहेको छ ।
माटेराजीले भने यसबारे बल्ल बोलेका छन् । माटेराजीले भनेका छन्,‘ मैले गल्ती गरेको स्वीकार गर्छु । मैले जिदानलाई अश्लिल शब्द प्रयोग गरेर गाली गरेको थिए ।’
उनले भनेका छन्,‘मैले जे भने त्यो बेबकुफी थियो । तर मलाई छातीमै हान्न भने हुन्थेन । इटालीका सडकमा प्रयोग हुने अश्लिल शब्द प्रयोग गरेको थियो । हो मैले उसको बहिनीलाई समेत गाली गरेको थिए ।’

![]() |
0 comments